तनहुँमा बस र ट्रक आपसमा ठक्कर खाँदा पाँच जना घाइते

Share:

माघ २५, तनहुँ । तनहुँमा बस र ट्रक एकआपसमा ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–२ का ६२ वर्षीय इन्द्र प्रसाद भुषाल, सोही नगरपालिका १ का २३ वर्षीया आशा रुवाले, ३५ वर्षीया श्रीमाया गुरुङ, ५२ वर्षीय इश्वर प्रसाद भट्टराई र ट्रक चालक चितवनको भरतपुर महानगरपालिका १६ का २३ वर्षीय नारायण श्रेष्ठ रहेका छन् ।

व्यास नगरपालिकाको तल्लो छिर्कने स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना ५ ख ४०४० नं.को बस र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख २३९ नं.को ट्रक एक आपसमा ठक्कर खाँदा उक्त घटना घटेको हो । घाइतेहरुलाई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: