म्याग्दीमा जिप दुर्घटना हुँदा १३ जना घाइते, गम्भीर एकलाई हेलिकप्टर मार्फत पोखरा ल्याईयो

Share:

माघ २७,म्याग्दी । म्याग्दी सदरमुकाम बेनीदेखि रघुगंगा गाउँपालिका–२ भगवती जाँदै गरेको ग १ ज ५८९९ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । आईतवार दिउँसो करिब ३ बजे सडकबाट करिब १ सय मिटर तल खसेर भएको सो दुर्घटनामा भएको हो ।

दुर्घटनामा परि चालक गोपी परियार सहित १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दुर्घटनामा घाईतेहरु मध्ये रघुगंगा– ३ मालिकाकी ३७ बर्षिय सरस्वती परियार (काली) गम्भीर घाईते भएकी छिन् । गर्भवती समेत रहेकी परियारको अबस्था गम्भिर देखिएपछि बेनी अस्पतालमा प्राथमिक उपचार गरि पोखरा ल्याईएको छ ।

उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । अस्पतालका डाक्टर रविकान्त शर्मा सहितको स्वास्थ्यकर्मीको टोलीले एयर उपचार गरि घाईते परियारलाई मणिपाल ल्याएको उनले जानकारी दिए ।

दुर्घटनामा परि गम्भिर घाईते भएकी उनलाई रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीको पहलमा प्रभु एयरको हेलिकप्टर मार्फत पोखरा ल्याईएको हो । दुर्घटनामा परि घाईते भएका चालक सहित अन्य सवार ११ जना यात्रुहरुको अबस्था खतरामुक्त रहेको छ । उनीहरुको बेनी अस्पतालमै उपचार भैरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: