
माघ २८, तनहुँ । तनहुँमा सोमबार बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बिरगञ्जबाट पोखरातर्फ आउँदै गरेको ना ५ ख ६०९६ नं. को बस तनहुँको म्याग्दे गाउँपालिका २ माथिल्लो गुणादी स्थित पृथ्वी राजमार्गमा दुर्घटनामा परेको हो ।
बस अचानक सडकबाट अन्दाजी ५ मिटर तल खस्न पुगेको थियो । घाइतेहरुलाई उपचारको लागि रत्नहरी अस्पताल दमौलीमा उपचार पठाईएको प्रदेश प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
