पोखरा सिर्जनाचोकमा ट्रकभित्र पस्यो मोटरसाईकल सहित मान्छे

Share:

पोखरा, २ फागुन । पोखराको सिर्जनाचोकमा डरलाग्दो दुर्घटना भएको छ । चोकमा मोडिने क्रममा मोटरसाईकल मान्छेसहित ट्रकमुनि पसेका हुन् ।

ना ३ ख १०२० नम्बरको ट्रक र ग २ प १८७४ नम्बरको मोटरसाईकल आपसमा ठोकिएका हुन् । दुर्घटनामा ६५ बर्षीय मुक्ति भण्डारी घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकलको ट्यांकी समेत फुटेको छ । ट्रकभित्र पसेपछि १० मिटर जति घिसारिएको थियो । घाईतेको छातीमा चोट लागेको छ, घाइतेको पोखरा स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: