बिहे गरेको पाँच दिनमै भिरबाट लडेर ओभरसियरको मृत्यु

1146
0
Share:

खलङ्गा । जुम्ला चन्दननाथ नगरपालिकाका एक ओभरसियरको विद्युतको नहर बनाउने बाटो सर्भे गर्न जाँदा चिप्लिएर मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–१० निवासी निरज बिष्टको तिला गाउँपालिका–७ तुई भन्ने स्थानमा विद्युतको नहर सर्भे गर्न जाँदा विहीबार भिरबाट चिप्लिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। उनको ५ दिन अघि मात्रै बिहे भएको साथी बिमला न्यौपानेले फेसबुकमा लेखेकी छन् ।

नहर सर्भेका क्रममा चिप्लँदा धेरै तल तिला नदीको छेउमा पुगेका बिष्ट उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएपछि मृत्यु घोषणा गरिएको प्रहरी जनाएको हो।

तिला गाउँपालिकामा प्रतिनिधिसभा सांसद विकास कोष र तिला गाउँपालिकाको लगानीमा सुरुवात गरिएको करीब एक मेगावाटको विद्युत् निर्माण कार्यका लागि खटिएका ओभरसियर बिष्टको कामकै क्रममा मृत्यु भएको आफन्तले जनाएका छन्।

कमेन्ट गर्नुहोस्
Share: