लेकसाइडमा बालक हत्या गर्ने कुमार गर्बुजा होइनन्, दर्जी भएको खुलासा, प्रहरीलाई सार्वजनिक गर्नै हतारो

Share:

पोखरा । गत माघ २९ गते पोखराको लेकसाइडमा १४ वर्षीय बालक सचिन सिञ्जालीको हत्यामा संलग्न कुमार गर्बुजा भनेर प्रहरीले केहि घण्टामै सार्वजनिक गरेको थियो । तर, हत्यारा समातेको हर्षमा हौसिएको प्रहरी अभियुक्तको वास्तविक नाममै चुकेको छ । कास्की प्रहरीले छिटो घटना सार्वजनिक गर्ने नाममा गलत सुचना दिएर अनुसन्धान माथि नै प्रश्न चिन्ह समेत खडा गरेको छ । ‘बेनी काले’ भनिने भनेर कुमारको घर बेनी हुन सक्ने सुरुमा आशंका समेत गरिएको थियो । तर पछि पर्वत भन्ने पत्ता लागेको थियो ।

हत्याका मुख्य अभियुक्त कुमार गर्बुजा भनि सार्वजनिक गरेको थियो । तर, कुमारको वास्तविक थर गर्बुजा नभई दर्जी (परियार) भएको खुलासा भएको छ । कास्की प्रहरीले अभियुक्त्तको भनाईलाई मात्र आधार मानेर उनका आफन्त तथा सम्बन्धित जिल्लाका प्रहरीसँग समेत समन्वय नगरी गलत सूचना प्रवाह गरेको थियो । आमाको थर गर्बुजा भनेर ढाकछोप गर्न खोजिएपनि कुमारकी आमा गर्बुजा नभई चमेली दमाई हुन् । यसबारे पोखरा न्यूज डटकमले उनको बुबाको भनाई, कुमारका विगत, उनको आचरण सम्बन्धमा विस्ततृमा समाचार प्रकाशित गरेको छ । हेर्नुहोस् …

पोखरामा बालक हत्याका आरोपी कुमारको थर गर्बुजा नभई दर्जी भएको खुलासा, अनुसन्धानमा प्रहरीको लापरवाही !

उसो त, प्रहरी अहिले चुक्दै गएको गुनासो गरिन थालेका छन् । पत्रकार सम्मेलनमा युट्युबे हाबी हुँदा समाचार लेख्ने पत्रकारले ठाउँ नपाउनु, पक्राउ गरिएका व्यक्तिलाई आफ्नै उपस्थितिमा अन्तर्वार्ता गर्न दिनु लगायतका कार्यको विरोध भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: