पर्वतमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु १ जना घाइते

Share:

फागुन ७, पर्वत । पर्वतमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार ट्याक्टर धनी बिहादी गाउँपालिका ५ का ३५ वर्षीय पदम बहादुर नेपाली रहेका छन् । उनको घट्नास्थलमै मृत्यु भएको हो । यस्तै ट्याक्टरमा सवार सोहि स्थानका २८ वर्षीय बिक्कु पौडेल घाइते भएका छन् ।
मंगलबार बिहादी गाउँपालिका ५ उराम भन्ने स्थानमा घट्टरपाटा देखि उराम तर्फ जाँदै गरेको ध१त ३१५ नं. को ट्याक्टर अचानक सडकबाट अन्दाजि १ सय मिटर तल खसेर दुर्घटना भएको हो । घाइते पौडेललाई उपचारको लागि वालिङ अस्पताल स्याङ्जा पठाईएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: