‘मेगा एजुकेशन फेयर’ आजसम्म, पहिलो दिन विद्यार्थीको भिड (तस्विर सहित)

Share:

पोखरामा ‘मेगा एजुकेशन फेयर’ शुक्रबारदेखि सुरु भएको छ ।  न्युरोडको सिटी स्क्वायरमा विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि मेला सञ्चालन भएको हो । इभेन्ट कम्पनी ‘वान अप’ ले पोखरामा वर्षेनी आयोजना गरेको मेलाको यो चौथो संस्करण हो । गत जेठ अन्तिम साता तेस्रो मेगा फेयर भएको थियो । दुई दिने मेला आजसम्म चल्नेछ ।

अध्ययनका लागि रोजाईका मुलुकहरु अष्ट्रेलिया, अमेरिका, न्यूजिल्याण्ड, जापान लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले शैक्षिक मेलाको आयोजना गरिएको वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले बताए ।

फेयरमा उत्कृष्ट कलेज र युनिर्भ्सिटि तथा कन्सल्टेन्सीहरु गरि १५ वटा भन्दा बढी संस्थाहरु सहभागी छन् । जहाँ नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरु रहेको आयोजकले जनाएको छ ।

यस मेलामा विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुबाट छात्रवृत्ति सम्बन्धी जानकारी, आईएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङलाई प्रमुखताका साथ जानकारी गराइने बताइएको छ ।

आईडिपि एजुकेशन नेपाल प्रस्तुतकर्ता रहेको फेयरमा आइडिपि एजुकेशन नेपालले आयोजना गर्ने आइडिपि, आईएलटिएस, मास्टर कक्षामा सहभागी हुन सक्नेछन् । फेयरमा जाने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर र दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिईने छ । फेयरमा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउने छन् भने प्रथम ५०० आगन्तुकले आकर्षक उपहार र क्युएफएक्स सीनेमाकोे टिकेट प्राप्त गर्नेछन । संस्थाले नेपाली विद्यार्थी तथा अभिभावकलाई अवसरलाई सदुपयोग गर्न आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: