स्याङ्जामा ४७ करोडको सुन्तला उत्पादन

Share:

स्याङ्जा, फागुन १२ । स्याङ्जामा यस वर्ष ४७ करोड रुपैयाँका सुन्तला उत्पादन भएको पाईएको छ । सुन्तलाखेती गर्न उपयुक्त हावापानी भएको स्याङ्जामा गत वर्षको तुलनामा दोब्बर सुन्तला उत्पादन भएको हो । यसवर्ष सुन्तलाले नयाँ रेकर्ड कायम राखेको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ४६ करोड ८१ लाख २९ हजार २४ रुपैयाँका सुन्तला उत्पादन भएको थियो । सुन्तलाका लागि प्रतिकूल मौसमका कारण गतवर्ष सुन्तला उत्पादनमा निकै कमी भएको हो ।

फूल खेल्ने समयमदेखि फलटिप्ने समयसम्म तीन पटक असिना पानीका कारण गतवर्ष सुन्तला उत्पादन न्यून बनेको थियो । गतवर्ष सुन्तलाबाट २२ करोड रुपैयाँ आम्दानी भएको थियो भने झण्डै १२ करोडभन्दा बढीको क्षति पुगेको थियो ।

गतवर्षको तुलनामा यसवर्ष ५३ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख लोकेन्द्र बोहराले जानकारी दिए । पुतलीबजार नगरपालिकाका १० वडाबाट मात्र झण्डै १० करोड मूल्य भन्दा बढी सुन्तला उत्पादन भएको सुन्तला किसान मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: