स्वंसेवकका रूपमा काम गर्न गण्डकी प्रदेशमा खुल्यो ९० जनालाई जागिर, अन्य प्रदेशकाले दरखास्त दिन नपाउने

Share:

पोखरा, फागुन १२ । गण्डकी प्रदेशले विभिन्न सेवाअन्तर्गत ९० जनाका लागि स्वंसेवकका रूपमा काम गर्न भर्ना आह्वान गरेको छ। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवाका लागि ३५ जना, इन्जिनियरिङ, पशु र कृषि सेवाका लागि समान १५/१५ जनाका दरले दरखास्त आह्वान गरेको हो।

त्यस्तै वन र कम्युटर सेवाका लागि समान ५/५ जना मागे गरेको छ । आइतबार प्रकाशन गरेको विज्ञापनमा फागुन १२ देखि १५ दिनभित्र सामाजिक विकास मन्त्रलायमा दरखास्त पेस गर्न भनिएको छ । त्यस्तै योजनामा काम गर्ने स्वयंसेवकले तलब पाउने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता रमेशप्रसाद अधिकारीले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगको कार्यक्रम भएको र प्रदेशले नै आवश्यक जनशक्ति भर्ना गर्ने भएको हुनाले दरखास्त माग गरिएको उनले बताए । दरखास्त दिने गण्डकी प्रदेशकै वासिन्दा हुनुपर्ने उनको भनाइ छ ।

विज्ञापन::

कमेन्ट गर्नुहोस्
Share: