
पोखरा, १९ फाल्गुन । सराङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खस्दा विदेशी प्यारापाइलटको मृत्यु भएको छ। मृत्यु हुनेमा राेमानियाली नागरिक अन्दाजी ४० वर्षका ईबे सिस जेर (Ebe Chis Jer) रहेको कास्की प्रहरीका प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिएका छन् ।
तालमा खस्दा गम्भिर घाईते भएका उनलाई उपचारका लागी मेट्रोसिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । पूर्वान्ह ११ बजेतिर उडान भरेको उक्त प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा ११ बजेर २० मिनेट हुँदा तालमा खसेको थियो ।
तालमा खसेका उनको उद्धारका लागि बाराही घाटमा अवस्थित मोटर बोट सहित सशस्त्र प्रहरीको उद्धार टोली पुगेको थियो । उनको मध्यान्न १२:१० मा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। उद्धारमा स्थनीय डुङ्गा व्यवसायीले पनि सहयोग गरेका थिए ।
हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान भईरहेको बताईएको छ ।
FILE PHOTO
