सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

680
0
Share:

काठमाडौं । स्वतन्त्र मधेस गठबन्धनका अध्यक्ष डा.सीके राउतलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ। प्रधान न्यायाधीश चोलेन्द्र सम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजालसले बिहीबार उनलाई थुना बाहिर रहेर मुद्दा पूर्पक्ष गराउन आदेश दिएको हो।

जिल्ला अदालत गौरमा चल्दै गरेको मुद्दाको तारिख लिएर फर्कदै गर्दा असोज २१ गते प्रहरीले राउतलाई पक्राउ गरेको थियो। स्वतन्त्र मधेस राज्यको माग गर्दै तराइका जिल्लाहरूमा तालिम तथा संगठन बढाइरहेका बेला उनलाइ राज्यविरूद्धको अभियोगमा पक्राउ गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: