पोखराको बिजयपुर खोलाको पुल जोखिममा, ठुला सवारी चलाउन रोक

Share:

पोखरा । पोखराको मुख्य प्रवेश द्वार मानिने बिजयपुर खोलाको पुल जोखिममा परेको छ । स्टिल ब्रिज प्रक्रिया अनुसार निर्माण भएको पुलको स्टिल ठाउँ ठाउँमा चर्किने र भाचिने भए पछि पुल खतरामा परेको हो ।

पुलको समस्या समयमै समाधान नगर्ने हो भने पुल क्र्यास हुने सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोख्रेलको भनाई छ।पोखरा २६ र पोखरा १४ जोड्ने पुलबाट दैनिक पोखरामा अनुमानित ६ हजार भन्दा बढि सवारी आवत जावत गर्ने गर्दछन् ।

जोखिममा परे पछि निर्माणका लागि कार्यालयले काम थालेको पोख्रेलले बताए । उनले अहिले पुललाई तलबाट टेका दिएर चर्केको ठाउँमा वल्डिङ गर्ने काम भइरहेको बताए । पुलका बटम कड र क्रस मेम्बर करिब ८ ठाउँमा चर्किने र भाचिएका छन् ।

पुलमाथि शुन्य भार बनाएर निर्माण गर्नु पर्ने उनको भनाई छ । त्यसका लागि विजयपुर खोलामा पुल भन्दा केहि माथिबाट कल्भट बनाएर सवारी आवत जावत गर्ने व्यवस्था मिलाउन लागिएको उनले बताए ।

पुलमाथि शुन्य भार बनाएर काम गर्दा करिब १ महिना समय लाग्ने उनको भनाई थियो । प्रारम्भिर अध्ययन अनुसार पुलको बटम कडको फलाम नै फेर्न पर्ने देखीको उनको भनाई छ ।

अहिले पुलबाट ठुला भारबहान भएका सवारीलाई आवत जावतमा रोक लागएको उनले बताए । २०५९ सालमा निर्माण शुरु गरेर २०६४ सालमा पुल सञ्चालनमा आएको थियो । पुलको लम्बाइ ७४ दशमलव २ मिटर रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: