जापानमा विश्वकै सबैभन्दा सानो बच्चाको जन्म, कति छ तौल ?

2234
0
Share:

जापानको राजधानी टोकियोमा विश्वकै सबैभन्दा सानो बच्चाको जन्म भएको छ । जन्मिँदा शिशुको आकार एक दाना प्याज बराबरको थियाे, जो कसैले पनि बच्चालाई हत्केलामा अटाउन सक्थे।

खबरका अनुसार टोकियोको कियो युनिभर्सिटीको अस्पतालमा जन्मेको यस शिशुको तौल जन्मिदा २ सय ६८ ग्राम मात्र थियो । यो शिशुको जन्म ‘प्रिम्याचुअर बेबी’को रुपमा २४ हप्तामा भएको हो ।

बच्चालाई जन्मेको पाँच महिनासम्म सघन उपचार केन्द्र (आईसीयू)मा राखेर उपचार गरिएको थियो । अघिल्लो हप्ताको बिहीबार मात्र उपचारपछि बच्चालाई सकुशल घर पठाइएको छ । अहिले बच्चाको तौल तीन किलो छ ।

सबैभन्दा सानो तौलको जन्मिएर सकुशल घर पठाइएको यो पहिलो रकेर्ड भएको कियो युनिभर्सिटीका डाक्टरले बताए । यो भन्दा अगाडिको रेकर्ड सन् २००९ मा जर्मनीमा जन्मेको २७४ ग्रामको बच्चाको थियो ।

यस्तै सबैभन्दा कम तौलकी बालिका जर्मनीमा सन् २०१५ मा जन्मिएकी थिइन् । उनी जन्मिँदा उनको तौल २ सय ५२ ग्राम थियो ।

विश्वभरी अहिलेसम्म ‘प्रिम्याचुअर बर्थ’बाट तीन सय ग्राम मुनिका २३ शिशुको जन्म भइसकेको छ । सबैभन्दा साना शिशुहरु दर्ता गर्ने वेबसाइटका अनुसार तिनीहरुमध्ये चार मात्र केटा र अरु केटी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: