चीनबाट ४ हजार गाई ल्याउने प्रदेश सरकारको निर्णयको विरोध

Share:

काठमाडौं । चीनबाट गाई खरिद गर्ने प्रदेश सरकारको निर्णयको केन्द्रीय दुग्ध सहकारी संघ, नेपालले विरोध गरेको छ । प्रदेश ३ र गण्डकी प्रदेशले चीनबाट ४ हजार गाई खरिद गर्ने भनी सम्झौता गरेपछि केन्द्रीय दुग्ध सहकारी संघ, नेपालले विरोध गरेको हो ।

नेपालमा रहेका गाईहरुको उचित संरक्षण गरी दुध व्यवसायको प्रवर्द्धन गर्न छाडेर प्रदेश सरकारहरुले विदेशको गाई ल्याउने सम्झौता गरेपछि त्यसको विरोध गरेको हो ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले नेपालमै प्रशस्त मात्रामा दुध दिने गाई हुँदाहुँदै प्रदेश सरकारहरुले चीनबाट गार्ई ल्याउने निर्णय गरेर नेपालका पशु किसानहरुलाई मारमा पार्न खोजेको आरोप लगाए ।

प्रदेश ३ को सरकारले चाइना एकेडेमी कल्चरल मेकानाइजेसन साईन्स (क्याम्स) सँग चीनबाट गाई आयात गर्ने सहमति गरेको थियो । त्यसप्रति संघको आपत्ति छ । संघका अध्यक्ष सापकोटाले नेपालमा दुध दिने गाईको अभाव नभएको पनि दावी गरे ।

उनले नयाँ जातको घाँस, दुध र दुधको परिकार बनाउनका लागि आवश्यक प्रविधि भित्र्याउन पनि सरकारसँग माग गरे । प्रदेश ३ र गण्डकी प्रदेशले नेपाललाई दुधमा आत्मनिर्भर बनाउन भन्दै चीनबाट गाई भित्र्याउने सम्झौता गरेको छ ।

सो सम्झौताले नेपालको गाई लोप भएर जाने संघको बुझाइ छ । नेपालकै गाईको संरक्षणमा सरकारले आवश्यक बजेटको व्यवस्था गरे दुधको अभाव नहुने संघका अध्यक्ष देवकोटाको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
Share: