
काठमाडौँ । आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे गरेको अपमानजनक टिप्पणीबारे माफी माग्दै आफ्नो ट्वीट डिलिट गरेकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित ट्वीट गर्दै उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी थिइन् ।
उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो ।
उनले आफ्नो ट्वीटमा लेखेकी थिइन् :
प्रिय भारतवासी,
कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ।
चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।
नेपालका चौकीदार चोर हुँदैनन् ।
माफी माग्दै लाम्बाले लेखेकी छिन्ः
मेरो ट्वीटले नेपालका जनतालाई दुःख पुगेको थाहा पाएँ । यसका लागि म छिमेकी देश नेपालका जनतासँग माफी माग्दछु । कसैको पनि म दुखाउने उद्देश्य थिएन । म तपाईंहरुको भावनालाई ध्यानमा राख्दै ट्वीट हटाएकी छु ।
पता चला है कि मेरे एक ट्वीट से नेपाल के लोगों को दुःखद पहुँचा है,मैं इसके लिये अपने पड़ोसी देश नेपाल के लोगों से खेद व्यक्त करती हूँ, मेरी मंशा बिल्कुल भी किसी का दिल दुखाने की नही थी।
मैंने आपकी भावनाओं का ध्यान रखते हुए ट्वीट को हटा दिया है।
God bless #IndiaNepal friendship.— Alka Lamba (@LambaAlka) March 12, 2019
