च्याम्पियन्स लिगमा युभेन्ट्सलाई उत्कृष्ट पुनरागमनको खाँचो

758
0
Share:

काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति दुई खेल हुँदैछन् । इटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिको मड्रिडको सामना गर्ने छ । युभेन्ट्सको मैदानमा हुने खेल राति १ : ४५ मा सुरु हुनेछ ।

एट्लेटिकोविरुद्ध मैदान उत्रँदा युभेन्ट्स दबाबमा हुनेछ । किनकी युभेन्ट्स पहिलो लेगमा एट्लेटिकोसंग २–० ले पछि रहेको छ । युभेन्ट्सलाई क्वाटरफाइनलमा स्थान बनाउन उत्कृष्ट पुनरागमनको आवश्यकता रहेको छ ।

क्वाटरफाइनलमा स्थान बनाउन युभेन्ट्सलाई कम्तिमा गोल नखाई ३–० को जित निकाल्नु पर्नेछ । झिनो अन्तरको जितमा युभेन्ट्सलाई क्वाटरफाइनलमा स्थान बनाउन कठिन हुनेछ । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, पाउलो डीबाला, मारियो मान्डुज्कीच जस्ता खेलाडीले भरिएको युभेन्ट्स पुनरागमन गर्नेमा आशावादी रहेका छन् ।

यता, घरेलु मैदानको जितले हौसिएको एट्लेटिकोले आफ्नो अग्रता कायम राख्दै अन्तिम आठको यात्रा तय गर्न चाहन्छ । एट्लेटिकोलाई एन्टोनियो ग्रीजम्यान, अल्भारो मोराटा, कोके, डिएगो गोडिन जस्ता खेलाडीको साथ रहेको छ ।

यस्तै, अर्को खेलमा इन्ग्लिश क्लब म्यानचेस्टर सिटीले शाल्केसंग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने छ । दुई टोलीबीचको खेल राति १ : ४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा सिटीलाई भने केहि सहज हुनेछ । पहिलो लेगमा सिटीले ३–२ को अग्रता बनाएको छ । त्यहिँ अग्रता जोगाउँदै सिटी क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

शाल्के भने पुनरागमन गर्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । तर, निकै लयमा रहेको सिटीलाई पराजित गर्न शाल्केलाई चमत्कारी प्रदर्शनको आवश्यकता रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: