
सूर्य तिमिल्सिना, मुस्ताङ । निरन्तरको हिमपातपछि अवस्था सामान्य उन्मुख भइरहँदा अवरुद्ध रहेको विद्युत पुनः सञ्चालन गर्ने क्रममा एक युवकले ज्यान गुमाएका छन् ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका घिलिङमा विद्युतको पोल चढेर मर्मत गर्दैगर्दा करेन्ट लागेर थासाङ गाउँपालिका लेते पारी घर भएका अन्दाजी ३० वर्षीय बिमल बिकको मृत्यु भएको कागवेनी प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक टीकराम दाहालले जानकारी दिए । बिक जिल्लामा विद्युत हेर्ने निलगिरी उपभोक्ता सहकारीका कर्मचारी रहेको बताईन्छ ।
मंगलबार बेलुकी ५ बजेतिर घटना भएपनि हिउँका कारण घटनास्थलमा प्रहरी अझै पुग्न सकेको छैन । घटना भएको थाहा भएपछि अध्याँरोमा हिउँका कारण जान नसकेको र बिहानै छुसाङबाट टोली अघि बढेको प्रहरीले जनाएको छ ।



