आफै औंठाछाप लगाई मृतकका नाममा सह-लेखापालले पारे साढे ३ लाख झ्वाम

493
0
Share:

दैलेख । नागरिकको सेवाका लागि भनेर सपथ खाएका सरकारी कर्मचारीले मृतकको नाममा आफ्नै औंठाछापको प्रयोग गरी राज्य कोषको रकम दुरुपयोग गरेको पाईएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको एक मुद्दामा यस्तो खुलासा भएको हो। दैलेखको साबिक द्वारी गाउँविकास समितिका सहलेखापाल छविराम शर्माले मृतकका नाममा सामाजिक सुरक्षाभत्ता आफ्नै औंठाछाप प्रयोग गरी हिनामिना गरेको अभियोग लागेपछि छानबिन गर्दा उक्त खुलासा भएको हो।

आयोगले दैलेखका तत्कालीन गाविस सचिव टीकाराम रेग्मीले आर्थिक वर्ष २०६९/०७० को दोस्रो र तेस्रो किस्ता तथा आव २०७०/७१ को प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ताका लागि उपलब्ध भएको रु ३ लाख ४४ हजार ५ सय बराबरको रकम आफ्नै हस्ताक्षर गरी दुरुपयोग गरेको पाइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए।

यस्तै सचिव रेग्मी र सहलेखापाल शर्माले कृषि, वन तथा वातावरण शीर्षकमा प्राप्त भएको रु एक लाख ५२ हजार ५७० समेत कामै नगरी हिनामिना गरेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: