पोखरा ट्रेड मलमा ‘MALE BOX’, चैत्र ८ गतेसम्म ५-१०% सम्म विषेश छुट

Share:

पोखरा । पोखरा ट्रेड मलमा मेल बक्स मल्टी ब्रान्डेड तयारी कपडा पसल सञ्चालनमा आएको छ । बुधबार ट्रेड मलका अध्यक्ष विन्दुकुमार थापाले उक्त पसलको उद्घाटन गरेका छन् ।

बजारमा चलिरहेको फेशन अनुसार युवा पुस्ताको रोजाईमा मौसम अनुकुलको तयारी कपडाहरु पसलमा पाइने सञ्चालक दिपक कुमार मुल्मीले जानकारी दिए ।आफुहरुले ग्राहकहरुलाई पुर्ण सन्तुष्ट दिने कुरामा विश्वस्त रहेको उनको भनाई छ ।

पसलमा सामानहरु फिक्स रेटमा बिक्री गरिने बताईएको छ । बुधबारबाट चैत्र ८ गतेसम्मका लागि ५ देखि १० प्रतिशतसम्म विषेश छुटको व्यवस्था गरिएको छ । पोखरा ट्रेड मलका केही लगानीकर्ता साथीहरुको करिब १ करोड ५० लाखको लगानीमा पसलको स्थापना गरिएको हो।

पसलमा विभिन्न ब्रान्ड Level Jeans, Neaked Jeans, November Jeans, Kapsule-9 का जुत्ताहरु साथै Jockey Innerwear लगाएतका उत्कृष्ट र गुणस्तरीय सामानहरु रहेकाे सञ्चालकले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: