टुरिष्ट रोडमा ‘रेनड्रप होली फेस्ट’ विथ डिजे बिरेन एण्ड वाइल्ड स्प्रिट

Share:

यस वर्षको फागूपूर्णिमामा पनि पोखरेली युवाले टुरिष्ट रोडमा भरपूर मज्जा लिन पाउनेछन् । पोखरा खपौदी स्थित टुरिष्ट रोड बिस्ट्रोले होलीको अवसरमा चैत ६ गते दिनभर मनोरञ्जन प्रदान गर्नेछ । रेन ड्रप होली फेस्ट सिजन ३ मा मुख्य आकर्षण डिजे बिरेन र वाइल्ड स्प्रिट रहनेछन् ।

मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मै ननस्टप म्युजिकको साथमा युवायुवतीलाई झुम्ने वातावरण मिलाउनेछ । डिजे सेसन्स, कलर रेन डान्स, बि बोइङ, हिपहप, अनलिमिटेड ड्रिन्क्स, बिबिक्यू, स्न्याक्स मुख्य विशेषता छन् ।

टुरिष्ट रोड म्यानेजमेन्ट अहिले होली विशेष कार्यक्रमलाई सफल बनाउन तयारी गरिरहेको सञ्चालक अर्जुन सुवेदीले जानकारी दिए । सञ्चालक सन्तोष खनाल यस पटक पनि उत्साहपूर्ण सहभागिता रहनेमा ढुक्क छन् । आफ्ना गेस्टहरुलाई कुनै पनि कमी महसुस हुन नदिने गरी तयारी गरिएको सञ्चालकद्वय बताउँछन् ।

कमेन्ट गर्नुहोस्
Share: