एसईईको तयारी पूरा, प्रदेशअनुसार फरक-फरक प्रश्नपत्र हुने

Share:

काठमाडौं । आउँदो चैत १० गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र प्रदेशलगायतका सबै केन्द्रहरुमा पुर्याई सकेको जनाएको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले एसईईको सबै तयारी पूरा भएको बताए ।

उनले यस वर्ष नियमिततर्फ ५ लाख परीक्षार्थी एसईई परीक्षामा सामेल हुने जानकारी दिए । एक्जाम्टेडतर्फ भने ५० हजार परीक्षार्थी छन् । यस वर्ष केन्द्र र प्रदेश गरी कूल १ हजार ९ सय ६१ वटा परीक्षा केन्द्रहरु तोकिएको छ । परीक्षाका लागि खटाइने सुरक्षाकर्मी तथा निरीक्षक र गार्डहरु स्थानीय तहले नै खटाउने निर्णय भएको बोर्डले जनाएको छ । यस वर्षदेखि प्रश्नपत्र पनि प्रदेश अनुसार फरक-फरक हुनेछ ।

एसईई परीक्षामा प्रदेशगत रुपमा अनिवार्य ६ विषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन हुने भएको हो । यस वर्षको एसईई परीक्षामा अनिवार्य ६ विषयको परीक्षा समानान्तर सेटबाट सञ्चालन हुने छ । परीक्षा चैत १० गते सुरु भई २१ गते बिहीबारसम्म जारी रहने छ ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: