गण्डकी गाउँपालिकामा १० सामुदायिक स्वास्थ्य एकाइ

Share:

गोरखा । गण्डकी गाउँपालिकाले सबै नागरिकमा स्वास्थ्यको पहुँच पु¥याउन १० सामुदायिक स्वास्थ्य एकाइको स्थापना गरेको छ । गाउँपालिकाभित्र सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने अवस्थामा रहेका नागरिकलाई लक्षित गरी एकाइको स्थापना गरिएकोे गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिए ।

गाउँपालिकाभित्र भौगोलिक रुपमा दुर्गम, विपन्न समुदायको बसोबास रहेका क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच नपुगेकाले त्यस्ता ठाउँ र समुदायलाई लक्षित गरी एकाइ सञ्चालनमा ल्याइएको उनले बताए । उनका अनुसार कतिपय क्षेत्रमा भवनको अभाव समेत भएकाले विद्यालयसँग आग्रह गरी एउटामात्र कोठा मागेर भए पनि एकाइ शुरु गरिएको छ ।

गाउँपालिका–१ को कोलगाउँ, २ को कुवापानी र भलडाँडा, वडा नम्बर ३ को फुजेलको भालडाँडा, वडा नम्बर ४ को गैरीचौतारा, वडा नम्बर ५ को ठूलो दुर्वङ र सानो दुर्वङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको उनले जानकारी दिए ।

त्यस्तै वडा नम्बर ६ को आइडाँडा र बालकी, वडा नम्बर ७ को प्रजावस्ती, वडा नम्बर ८ को बेनीगाउँमा पनि एकाइको स्थापना भएको उपाध्यक्ष अधिकारीले बताए। उनले ती स्वास्थ्य एकाइमा तत्कालका लागि स्वास्थ्य प्राविधिक अहेव, अनमी, स्टाफ नर्स वा स्वास्थ्य सहायकमध्ये एकको दरबन्दी रहने व्यवस्था रहेको बताए।

कमेन्ट गर्नुहोस्
Share: