
पोखरा । विद्यार्थीहरुको आन्दोलनका कारण ४६ दिनदेखि बन्द रहेको गण्डकी मेडिकल कलेजमा लगाइएको ताला शनिबार खोलिएको छ । शनिबार प्रहरीको रोहबरमा ताला खोलिएको हो । ताला शुक्रबार नै खोलिने भनिए पनि कलेज प्रशासनको प्रतिनिधित्व नभएपछि खुल्न सकेको थिएन ।
१६ ब्याचका एमबीबीएस अध्ययनरत ५३ जना विद्यार्थीको परीक्षा चैत २१ गतेदेखि सुरु हुँदैछ । फर्म भर्ने र परीक्षामा सहभागी हुनका लागि उनीहरु ताला खुलाउन सहमत भएका हुन् । कलेज प्रशासनबाट प्रतिनिधित्व नभएपछि विधार्थीहरुले फर्म भर्ने विषय अनिश्चित बनेको छ ।
फर्म भरेर आगामी चैत १२ गतेभित्र परिक्षा नियन्त्रण कार्यालयमा नपठाए विद्यार्थी परीक्षाबाट वञ्चित हुनेछन् । उच्च अदालत पोखराले गत बुधबार कानुन अनुसारको कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई आदेश दिएको थियो। विद्यार्थीले ५३ करोड ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा उजुरी दिईसकेका छन् ।
