दुर्घटनामा एकको मृत्यु

359
0
Share:

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

तीव्र गतिमा पूर्वबाट पश्चिमतर्फ जाँदे गरेको ज १२ प ६६४९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहाको नरहा गाउँपालिका–३ पानवारी निवासी १८ वर्षीय अजयकुमार ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते ठाकुरलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: