चार दिन अघि म्याग्दी खोलामा डुवेर बेपत्ता भएका गर्बुजा मृत फेला

Share:

म्याग्दी । चार दिन अघि म्याग्दी खोलामा डुवेर बेपत्ता भएका एक किशोर शनिबार मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा अन्नपुर्ण गाँउपालिका ८ राम्चे काफलडाँडा घर भई हाल बेनी नगरपालिका ७ मंगलघाट बस्दै आएका करिब १५ वर्षीय हेम चन्द्र गर्बुजा रहेका छन् ।

गत बुधबार गर्बुजा र वडा नं.७ माहारानीथानका १६ वर्षीय निल प्रसाद छन्त्याल म्याग्दी खोलामा पौडी खेल्न गएका थिए । उनीहरु दुवैजना मंगलघाटको सामुदायिक स्कुलमा कक्षा ९ मा अध्यनरत विद्यार्थी हुन् । पौडी खेल्ने क्रममा दुवैजना अचानक डुबेर बेपत्ता भएका थिए ।

तत्कालै खटिएको प्रहरी टोलीले छन्त्याललाई सकुसल उद्धार गरेपनि गर्बुजालाई फेला पार्न सकेन । स्थानिय र प्रहरीले निरन्तर खोजतलास गर्दै जाँदा आज सोही स्थानको खोलाको दहमा मृत अवस्थामा शव फेला परेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: