
पोखरा । स्थानिय कर नबुझाउने, नविकरण नगर्ने र दर्ता नगर्ने प्याराग्लाइडिङ कम्पनीलाई रोक्ने गरी पोखरा महानगरपालिका अगाडि बढ्ने भएको छ । चालु आर्थिक बर्ष असार मसान्तसम्म पनि स्थानिय कर सहित नविकरण तथा दर्ता नगराएको खण्डमा प्याराग्लाइडिङ कम्पनीलाई खारेज नै गर्ने पोखरा महानगरपालिकाकाका प्रशासकीय अधिकृत शेषनारायण पौडेलले बताएका छन् ।
२९ वटा प्याराग्लाइडिङ कम्पनी अझै पनि करको दायरामा आएका छैनन् । कानुनी राज्यको उपहास गर्दै उनीहरुले दादागिरी शैलीमा आफ्नो विजनेश गरिरहेका छन् । आजको मितिसम्म पोखरामा रहेका ३१ वटा प्याराग्लाइडिङ कम्पनीहरुले मात्र हालसम्म नविकरण गरेको उनले जनाए ।
पोखरा महानगरपालिकामा राजश्व परामर्श समितिको शनिबार बसेको बैठकले करको दायरामा नआउनेलाई खारेज गर्ने निर्णय गरेको उनले जनाए । पोखरामा हाल ६० वटा प्याराग्लाइडिङ कम्पनी रहेका छन् । ५० वटा जसोले निरन्तर उडान गर्दै आएका छन् ।
आइतबारदेखि नै नविकरण शुल्कमा थप ५ हजार जरीवाना हुने भएको छ । यसअघि पटक पटक ताकेता गर्दा बल्ल बल्ल २९ वटा कम्पनी करको दायरमा आए । नत्र, चार वर्षदेखि जम्मा एउटा कम्पनीले मात्र प्रक्रिया र विधि अनुसार व्यवसाय गर्दै आएका थिए ।
विगत ४ बर्ष देखि एकै पटक महानगरमा कम्पनीले ८६ हजार रुपैया कर तिर्नु पर्नेमा जरीवाना ५ हजार सहित गर्दा अब चैत्र मसान्तसम्म कम्पनीले ९१ हजार रुपैया कर तिर्नुपर्ने भएको छ ।
सन्दर्भ सामाग्री: पोखरापत्र
‘नोटः समाचार र तस्विर सम्बन्धित छैनन्’
