सुनौलो हजार दिनका १८० महिलालाई बाँडियो अण्डा

Share:

वालिङ । वालिङ नगरपालिका–१ ले वडाभित्रका सुनौलो हजार दिनका १८० महिलालाई अण्डा वितरण गरेको छ । वडा नं १ कार्यालयको आयोजना र दियालो गैरसरकारी संस्थाको सहकार्यमा वडाभित्र रहेका सुनौलो हजार दिनका महिलालाई एक÷एक क्यारेट अण्डा वितरण गर्नुका साथै क्षमता अभिवृद्धि र पोषणसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको हो ।

वडाध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले महिला लक्षित कार्यक्रमअन्तर्गत वडाबाट विनियोजित रु ५० हजार रकमले कार्यक्रम सञ्चालन गरिएको र यसलाई अर्ध वार्षिकरूपमा सञ्चालन गर्दै लैजाने बताए ।

बच्चा आमाको गर्भमा रहेको दिनदेखि एक हजार दिन अर्थात जन्मिएको दुई वर्षसम्ममा बच्चाको ८० प्रतिशत मस्तिष्कको विकास भइसक्ने भएकाले सुनौलो हजार दिनअन्तर्गत खास गरेर बच्चामा कुनै पनि किसिमको कुपोषण नदेखियोस् भन्ने हेतुले अण्डा वितरण कार्यक्रम सञ्चालन गरेको वडा कार्यालयले जनाएको छ ।

वडा नं १ मा जस्तै कार्यक्रम वालिङका १४ वटै वडामा सञ्चालन गर्दै समग्रमा नगरपालिकालाई नै सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यमा टेवा पु¥याउने गरी योजना बनाउनुपर्नेमा नगर उपप्रमुख कल्पना तिवारीले बताईन ।

कमेन्ट गर्नुहोस्
Share: