होली मनाउन पोखरा आउँदै गरेका युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु

Share:

पोखरा । होली मनाउन पोखरातर्फ आउँदै गरेका एक युवाको बुधबार धादिङको बेनीघाटमा मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ ।

काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाइकल र हेटौडाबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ४११४ नं.को ट्रक बेनीघाट रोराङ गाउँपालिका वडा नं.५ बेनीघाट गोमती पुलमा एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

दुर्घटनामा पोखरा महानगरपालिका वडा नं.२३ का २० वर्षीय दिपक पुन मगर घाइते भएकोमा उपचारका लागि काठमाण्डौतर्फ लाँदै गर्दा मृत्यु भएको हो ।

दुर्घटनामा पोखराकै मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको काठमाण्डौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: