
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा शनिबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ८ ख ३५२७ नं को ट्रकको ठक्करबाट ब्यास नगरपालिका–१२ घाँसी कुवामा बिग्रिएर बनाउन राखेको ट्रकलाई ठक्कर दिँदा चितवन टाँडीका सन्तोष राईको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट किरण राई घाइते भएका छन् । उनको दुवै खट्टा र शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनलाई थप उपचारका लागि पोखरा ल्याईएको छ ।
बिग्रिएर बनाउन लागेको ना १ ख ६१६२ नं को ट्रकलाई ना ८ ख ३५२७ नं को ट्रकले ठक्कर दिँदा ट्रक चालक राईको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उक्त ट्रकले सोही ठाउँमा बा १८ च ७७८७ नं को हाइलक्स र ग १६ प ११७५ नं को स्कुटरलाई समेत ठक्कर दिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ट्रकको ब्रेक फेल भएको देखिएको छ ।
यसअघि गत बिहीबार राति तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो। भिमादबाट पुरानो रिसिङ जाँदै गरेको बस सडक छेउ पल्टिदा रिसिङ गाउँपालिका–६ बस्ने ५३ वर्षीय नेत्रबहादुर मसराङ्ग मगरको मृत्यु भएको थियो।
यो पनि : ब्रेकिङ न्यूजः घाँसीकुवामा ब्रेकफेल ट्रक रोकिराखेको ट्रक र हाइलक्ससँग ठक्कर खाँदा १ को मृत्यु
