
पोखरा । पोखराका महानगरपालिका-१६ को वडा कार्यालयमा चोरी भएको छ। आइतबार बिहान कार्यालय पुग्दा चोरी भएको देखिएको पोखरा वडा अध्यक्ष जीवन आचार्यले जानकरी दिए।
उनका अनुसार दुई वटा ल्यापटप, चार वटा कम्प्युटरसहित अन्य सामग्री चोरी भएको छ। उनले शुक्रबार कार्यालय बन्द गरेर गएपछि आइतबार मात्रै आएको हुँदा शुक्रबार वा शनिबार राति चोरी भयो भन्ने थाहा हुन नसकेको बताए।
प्रहरीले चोरीको बारेमा अनुसन्धान थालेको बताएको छ। पोखरामा महानगरपालिकाका विभिन्न वडा कार्यालयमा यस अगाडि चोरी भएको थियो।
यस अगाडि पोखरा ५, १३ १४, १५, लगायतका कार्यालयको ताला फोडेर चोरी गरिएको थियो। यी वडा कार्यालयहरुमा पनि ल्यापटप र कम्प्युटर नै चोरी भएका थिए।
कमेन्ट गर्नुहोस्
