पोखरामा ट्रान्स पार्टीबाट विदेशीसहित ५८ जना पक्राउ

Share:

पोखरा । कास्की प्रहरीले लेकसाइडको एक रेष्टुरेन्टबाट ५८ जना स्वदेशी तथा विदेशी पर्यटकलाई आइतबार राती पक्राउ गरेको छ।

विभिन्न मादक पदार्थ तथा लागु औषध सहितको ट्रान्सपार्टीमा सहभागी उनीहरुलाई लेकसाइडको द अफिस पव रेष्टुरेन्टबाट पक्राउ गरिएको हो ।

बैदाम प्रहरीका प्रमुख डिएसपी कोमल शाहका अनुसार पक्राउ पर्नेमा ४२ विदेशी र १६ जना नेपाली रहेका छन् । पक्राउ परेका विदेशी मध्येबाट २८ जनालाई राति नै छाडिएको छ।

बाँकी भने बैदाम प्रहरी चौकीमा छन। बैदाम प्रहरी प्रमुख डिएसपी शाहको नेतृत्वको प्रहरी टोलीले पार्टीमा सहभागी केहि व्यक्तिको साथबाट लागु औषधसमेत बरामद गरेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: