लमजुङको सदरमुकाम बेंसीसहरमा आगलागी, ५० लाखको क्षति

Share:

लमजुङ। लमजुङ सदरमुकाम बेंसीसहरको भीमसेनस्थानमा आगलागी हुँदा करिब ५० लाखको क्षति भएको छ। बेंसीसहर नगरपालिका–८, भीमसेनस्थानका होमबहादुर रानाको एकतले घरमा सोमबार मध्यराति आगलागी भएको हो।

आगलागीमा परी उक्त घरमा भाडामा उत्तरबहादुर परियारले सञ्चालन गरेका टेलर तथा कपडा र रूपेश थापा मगरको कम्प्युटर इन्स्टिच्युट जलेर नष्ट भएका हुन् ।

दुवैमा गरेर करिब ५० लाख रुपैयाँ बराबरको सामान क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ। राति १२ बजे लागेको आगो स्थानीय, प्रहरी र दमकलको सहायतामा एक घण्टामा नियन्त्रणमा लिइएको थियो।

कमेन्ट गर्नुहोस्
Share: