देवघाटमा सिसी क्यामरा जडान

Share:

तनहुँ । देवघाटमा सीसी क्यामरा जडान गरिएको छ । देवघाट क्षेत्र विकास समितिले मुख्य स्थानमा सीसी क्यामरा जडान गरेको हो । समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मुख्य स्थानमा १६ वटा सिसी क्यामरा जडान गरिएको जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा समितिको कार्यालय, समितिले सञ्चालन गर्दै आएको वृद्धाश्रम लगायतका स्थानमा सिसी क्यामरा जडान गरिएको छ । जडान गरिएका सबै क्यामेरा भरतपुरका युवा व्यवसायी सुजन ओझाले सहयोग गरेका हुन् ।

सिसी क्यामरा खरीद र जडानका लागि ओझाले रु दुई लाख ५० हजार खर्च गरेको घिमिरेले बताए । पूर्वीय संस्कृतिको अध्ययन केन्द्र र विश्वकै हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटमा दैनिक सयौं भक्तजन आउने भएकाले सुरक्षाको लागि सिसी क्यामेरा जडान गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए।

समितिका अनुसार निकट भविष्यमै देवघाट प्रवेश गर्ने चितवन र तनहुँ जोड्ने त्रिशूली नदी माथिको झोलुङ्गे पुलको दुवै तर्फ, चितवन तर्फको बसपार्क, दाहसंस्कार गर्ने स्थान तथा अन्य स्थानमा समेत सिसी क्यामरा जडान गरिनेछ । समितिले देवघाटको मुख्य स्थानमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म प्रहरी परिचालनसमेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: