फरकफरक ६ स्वादमा ‘बेननेभिज’ ब्राण्डका आइसक्रिम बजारमा

Share:

बिग न्यूज
पोखरा, १७ चैत । गर्मीलाई लक्षित गर्दै फिस्टेल डेरीले आफ्ना उपभोक्ताहरुका लागि ‘बेननेभिज’ ब्राण्डका आइसक्रिमहरु बजारमा ल्याएको छ । कम्पनीले फरकफरक ६ वटा स्वादका आइसक्रिमहरु बजारमा ल्याएको हो ।

करिब एक वर्षसम्मको परिक्षणकालपश्चात ‘बेननेभिज’ ब्राण्डका आइसक्रिमहरुलाई ग्राहकले अत्याधिक रुचाएको कम्पनीको दाबी छ । ‘हामीले अघिल्लो साउनमा बेननेभिज ब्राण्डका आइसक्रिमहरु बजारमा पठाएका थियौँ । करिब एक वर्षको यो अवधीमा ग्राहक र विक्रेताहरुबाट हामीले निकै उत्कृष्ट प्रतिक्रिया पाएका छौँ ।’ फिस्टेल डेरी प्रालिका संचालक उदीपकुमार श्रेष्ठले भने–‘एक पटक यो ब्राण्डको आइसक्रिम खाईसकेपछि ग्राहकले अर्को आइसक्रिम खोज्दैन, म यो ग्यारेन्टी दिन्छु ।’

पहिलो चरणमा कम्पनीले पोखरासँगै काठमाण्डौ, बागलुङ, पर्वत, म्याग्दी लगाएतका शहरहरुमा बेननेभिज आइसक्रिम पठाएको थियो । र, बजारको माग बढेसँगै अब देशका अन्य शहरहरुमा पनि यो आइसक्रिम उपलब्ध गराउने कम्पनीले जनाएको छ । चितवन, भैरहवा र बुटवल लगाएतका शहरहरुबाट पनि कम्पनीद्वारा उत्पादित आइसक्रिमको निकै माग छ । निकट भविष्यमै देशव्यापी रुपमा आइसक्रिम पार्लरहरु स्थापना गर्ने कम्पनीको लक्ष्य छ ।

हाल १ सय एमएल, ५ सय एमएलको डिब्बा र १ सय २० एमएलको कोनमा यो आइसक्रिम उपलब्ध छ । ‘कुकिज एण्ड क्रिम’, ‘अमेरिकन नट्स’, ‘कटन क्याण्डी’, ‘मिडनाइट कुकिज’, ‘कफि अलमोण्ड फड्ज’ र ‘क्यासेट्टा’ गरि ६ स्वादमा हाल कम्पनीले आइसक्रिम उत्पादन गर्दै आएको छ । ‘हामीले आइसक्रिमका विभिन्न अरु स्वादहरु पनि थप्ने क्रममा छौँ ।’ संचालक श्रेष्ठले भने ।

कम्पनीले बेननेभिज ब्राण्डको आइसक्रिम अन्तराष्ट्रिय मापदण्डको रहेको दाबी गरेको छ । शतप्रतिशत शुद्ध क्रिमसँगै काजु, किसमिस र फ्रुट्स मिसाएर बनेको आइसक्रिम स्वास्थ्यबद्र्धक तरिकाले बनाईएको श्रेष्ठले बताए । विशेषगरि युवापुस्ता र बालबालिकालाई लक्षित यो आइसक्रिम खाईरहँदा ‘रिफ्रेशमेन्ट’सँगै शरिरलाई आवश्यक ‘क्यालोरी’ पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

विगत १२ वर्षयता पोखराबाट दुग्दजन्य उत्पादनहरु गर्दै आएको कम्पनी फिस्टेल डेरी प्रालिले यस क्षेत्रको २५ प्रतिशत बजार हिस्सा ओगट्छ ।

कमेन्ट गर्नुहोस्
Share: