
पर्वत। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन दलित मुक्ति मोर्चाका पर्वत जिल्ला संयोजक विष्णु परियार पक्राउ परको छन ।
पर्वत जिल्ला कुश्मा नगरपालिका ८ बस्ने परियारलाई कुश्मा नगरपालिका वडा नम्बर १२ ठूलीपोखरीबाट नियन्त्रणमा लिएको हो ।
ठूलीपोखरीलगायतका क्षेत्रमा संगठन विस्तार गर्दै हिडेको आरोपमा विष्णु परियारलाई अस्थायी प्रहरी चौकी ठूलीपोखरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ गरिएका परियारलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखेर जिल्ला प्रशासन कार्यालय पर्वतबाट सोमबार म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि नेकपाकै कार्यकर्ता रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका पर्वत फलेवास नगरपालिका ७ लिमिठानाका धर्मप्रसाद पौडेललाई प्रहरीले रिहा गरेको छ ।
