कस्तो होला शिव र रवीको दोस्रो ‘टाइ–अप’?

Share:

बिग न्यूज
पोखरा, २१ चैत । गायक शिव परियार र गीतकार रवी अधिकारीको टाइअप पुनः अर्को एउटा गीतमा देखिएको छ । यसअघि ‘आँशुको अर्थ के थाहा ?’ बोलको गीतमा सफल साझेदारी गरेका यी दुईबीच सोही गीतको भाग २ मा टाइ–अप भएको हो । गीतकार अधिकारी चितवनमा पत्रकारिता गर्दै आएका छन् ।

पछिल्लो गीत ‘मेरो भागको खुशीयाली तिमीलाई मिलोस्’मा यी दुईजनाको टाइ–अप भएको हो । यो गीतको भिडियो समेत सार्वजनिक भैसकेको छ । यसअगाडि यी दुईले सँयुक्त रुपमा दिएको गीत ‘आँशुको अर्थ’लाई स्रोताहरुले खुब रुचाएका थिए ।

अघिल्लो पटक टंक बुढाथोकीले गीतमा संगीत भरेका थिए । यद्यपी यो पटक संगीत गायक समेत रहेका परियार आफैले भरेका हुन् । गीतमा संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।

सार्वजनिक भिडियोमा अभिनेता सन्नी सिंह र अभिनेत्री ज्योत्सना योगीले अभिनय गरेका छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । धमला विकास यो भिडियोका सम्पादक हुन् ।

कमेन्ट गर्नुहोस्
Share: