
काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।
बिहीबार साँझ सकिएको मतगणनामा चण्डेश्वरले निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेलले भन्दा बढी मत ल्याएका छन् । मतगणना सकिए पनि औपचारिक रुपमा मतपरिणाम भने सार्वजनिक गरिएको छैन ।
अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् । तर, महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् । उनले वामपन्थी समूहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरेका हुन् ।
प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काका अनुसार मतगणना सकिए पनि अहिले मत जोड्ने काम भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
