घरबाहिर र घरभित्र बस्दा चट्याङबाट बच्न अपनाउनुस् यी उपाय !

2052
0
Share:

काठमाडौं । वर्षायाममा चट्याङका कारण जनधनको क्षति न्यूनीकरणका गर्न गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले सचेतना अभियान थालेको छ ।

मन्त्रालयले ‘चट्याङले लिन्छ ज्यान’ भन्दै त्यसबाट हुने क्षति न्यूनीकरणका उपायहरू सुझाएको छ ।

घर बाहिर हुँदा के नगर्ने ?

अग्लो र एक्लो रुखमा ओत नलाग्ने

पौडिने, माछा मार्ने तथा र्‍याफ्टिङजस्ता क्रियाकलाप नगर्ने

खुल्ला मैदानमा नरहने

धातुको तारबार नजिक नबस्ने

मैदानमा लमतन्न परेर नसुत्ने वा नबस्ने

घरभित्र हुँदा के नगर्ने ?

विद्युतीय सामग्रीहरू जस्तै टीभी, कम्प्यूटर, फ्रिज, वासिङ मेसिन प्रयोग नगर्ने

तारसहितको टेलिफोन प्रयोग गरी कुरा नगर्ने

घरबाट बाहिर ननिस्किने

धारामा नुहाउने, लुगा धुने र भाँडा माझ्ने काम नगर्ने

विद्युतीय सामग्रीहरू जस्तै टीभी, कम्प्यूटर आदिको नजिक नबस्ने

कमेन्ट गर्नुहोस्
Share: