पोखरामा औषधि पसलबाटै लागू औषध बिक्री, दुई जना पक्राउ

Share:

पोखरा। पोखरामा औषधि बिक्री गर्ने फार्मेसी पसलबाट लागू औषध बिक्री हुने गरेको खुलेको छ । डाक्टरको अनुमति (प्रेस्किप्सन) बिना बेच्न नपाइने औषधि लागू औषधको रुपमा किनबेच गर्ने दुई जना पक्राउ परेका हुन् ।

प्रहरीले पोखरा महानगरपालिका–७ स्थित सुभेच्छा फार्मेसीबाट नियन्त्रित औषधि नियन्त्रणमा लिएपछि औषधि पसलबाट समेत लागू औषध बिक्री हुने गरेको खुलेको हो ।

लागू औषध नियन्त्रण व्यूरो, शाखा कार्यालय पोखराबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा छापा मार्दा सुभेच्छा फार्मेसीबाट लागू औषध बरामद गरेको हो ।

ब्यूरोका अनुसार सुभेच्छा फार्मेसीबाट ट्रमाडोल २५ सय क्याप्सुल र एप्काडोल १ हजार ट्याब्लेज बरामद गरिएको छ ।

प्रहरीले नियन्त्रित औषधि बिक्री गर्ने ४० वर्षीया सुशीला पराजुली र खरिद गर्ने पोखरा–६ का २० वर्षी राजकुमार परियारलाई समेत पक्राउ गरेको छ । प्रहरीले परियारको साथबाट ट्रमाडोल १० ट्याबलेट बरामद गरेको छ ।

उनीहरुमाथि थप कारबाहीका लागि औषधि व्यवस्था विभाग काठमाडौंमा बुझाइएको प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: