गण्डकी प्रदेशमा आज : एकको मृत्यु, ६ जना घाईते

Share:

बिग न्यूज
पोखरा, २५ चैत । गण्डकी प्रदेशमा आज सोमबार एक जना मृत फेला परेका छन् । फरक फरक दुर्घटनामा परेर ६ जना घाईते भएका छन् । प्रदेश प्रहरी कार्यालयले प्रत्येक दिन उपलब्ध गराउँदै आएको गण्डकी प्रदेशको घटना विवरणअनुसार सोमबार यस्ता घटना घटेका हुन् ।

प्रदेश प्रहरीले दिएको जानकारी अनुसार नवलपरासी (पूर्व)मा एकजनाको शव फेला परेको हो । हालसम्म कुनै नाम नखुलेको शव अन्दाजी ३० वर्षका पुरुष व्यक्तिको भएको प्रहरीले जनाएको छ । शव मध्यविन्दु नगरपालिका १० सिसेनी अरुणखोला नजिकैको जंगलमा भेटिएको थियो ।

पहिचान नखुलेको शवको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । साथै प्रहरीले सर्वसाधारणलाई शव पहिचानका लागि सहयोग गर्न आह्वान समेत गरेको छ ।

यता कास्कीस्थित पोखरा महानगरपालिका २५ स्थित हेमजा तुलसीघाट स्थित घाचोकबाट पोखरा तर्फ आउँदै गरेको जीप अनियन्त्रित हुँदा चालकसहित ३ जना घाईते भएका छन् । दुध बोक्ने गाडी सडकदेखि करिब ५० मिटर तल खसेको थियो । आफैँ अनियन्त्रित भएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । ग १ ज ५१५८ नम्बरका गाडीका चालकसहित घाईतेहरुलाई उपचारका लागि फिस्टेल हस्पिटल राखिएको छ ।

उता सर्वारी दुर्घटनामै परेर स्याङ्जामा दुई जना घाईते भएका छन् । पुलतीबजार नगरपालिका १४ सतौँस्थित भित्री सडक बस दुर्घटना भएको हो । कुल ७ जना सवार बस अनियन्त्रित हुँदा २ जना यात्रु घाईते भएका थिए । बाँकी ५ जना यात्रु भने शकुसल रहेको प्रहरीले जनाएको छ ।

घाईते हुनेमा पुतलीबजार १४ खर्सु बस्ने ८४ वर्षिया धनमाया गुरुङ र ५० वर्षिया जमुना गुरुङ रहेको प्रहरीले जनाएको छ । उनीहरुको हाल पोखरास्थित मनिपाल अस्पतालमा उपचार भैरहेको छ ।

यसैबीच म्याग्दीमा नुहाउने क्रममा पौडि खेल्दा एक जना घाईते भएका छन् । स्थानिय अन्नपूर्ण गाउँपालिकामा ट्रयाक्टर चलाउँदै आएका २२ वर्षिय सबिन बुढाथोकी नुहाउने क्रममा अचानक डुबेका थिए । स्थानियस्तरमा उपचार असम्भव भएपछि उनलाई सदरमुकाम बेनीस्थित जिल्ला अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: