नेकपा नेता माधव नेपालले एक हप्ता कसैसँग नभेट्ने

863
0
Share:

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले एक हप्ताका लागि भेटघाटका कार्यक्रम बन्द गरेका छन्।

बिरामी भएर चैत २४ गते अस्पताल भर्ना भएका नेपाल तीन दिनको अस्पताल बसाईपछि घर फर्किएका छन्।

चिकित्सकको सल्लाह अनुसार एक हप्ता आराम गर्नुपर्ने भएकोले भेटघाट बन्द गरिएको पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका निजी सचिव मोहन गौतमले जानकारी दिए।

ज्वरो तथा खोकीको कारण उनी आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए।

कमेन्ट गर्नुहोस्
Share: