नयाँ वर्षकाे शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्छ: सभापति देउवा

Share:

पोखरा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन्।

नेपाल महिला सङ्घ पोखराद्वारा शुक्रबार नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्लेख गरे ।

सभापति देउवाले कास्कीमा आगामी दिनमा संसदीय उपनिर्वाचन हुने भएकाले पार्टीलाई एक्यबद्ध हुनुपर्ने विषयमा जोड दिए।

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी १० महिनापछि पार्टीको १४औँ महाधिवेशन गरी काँचुली फेनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले निर्धारित समयमा महाधिवेशन नभए कांग्रेसलाई अपूरणीय क्षति हुने दाबी गरे।

उनले नेपाल महिला सङ्घलाई पार्टीको सङ्गठनलाई बलियो बनाउन टोल–टोलमा समिति गठन गर्न आह्वान गरे।

कमेन्ट गर्नुहोस्
Share: