शाहरुखलाई ‘ब्रेक’ दिने बलिउड निर्देशक राजकुमार कपूरको निधन

Share:

काठमाडौं । बलिउड निर्देशक राजकुमार कपूरको निधन भएको छ । कपूरको बुधवार निजी अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

८७ वर्षीय कपूरको निधन भएको उनकी छोरी ऋतम्भराले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी गराएकी थिइन् । बिहीवार नै कपूरको अन्तिम संस्कार गरिएको छ ।

सेनाका कर्नेल समेत रहेका कपूर अवकाशपछि मुम्बई आएर विज्ञापन र टिभी शो निर्माण गरेका थिए। उनले उपन्यास ‘ह्वेन शिवा स्माइल्स’ पनि लेखेका छन् ।

उनलाई चर्चित अभिनेता शाहरुख खानलाई ‘ब्रेक’ दिने निर्देशकका रुपमा पनि बलिउडमा लिने गरिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: