
सप्तरी । नेपालकै जेष्ठ नागरिक रुघु बहरखेरको १३१ वर्षको उमेरमा निधन भएको छ। जीवनकालको अधिकांश समय पशुपालनमै बिताएका उनको शुक्रबार निधन भएको हो ।
सप्तरीको तिरहुत गाउँपालिका–१ साविकको त्रिकौल गाविस धनपुरी निवासी रघु बहरखेरको निवासमा निधन भएको स्थानीयवासी मुकेश यादवले जानकारी दिए ।
उनी नेपालमै करीब १० हजार बढी गाईबस्तु, अर्नालगायतलाई परिवारका सदस्यजस्तै बनाएर पाल्ने पहिलो व्यक्ति रहेको स्थानीयवासीको भनाइ छ ।
आफ्नो जीवनकालको अधिकांश समय उनले कोशी टप्पुको जङ्गलमै गाईवस्तु, अर्ना पालेर बिताएको घोषिन उत्थान मञ्च नेपालका केन्द्रीय सदस्य सोभितलाल पघैया यादवले बताए ।
कमेन्ट गर्नुहोस्
