पुम्दीकोट कोट विकास समितिको अध्यक्षमा पुनः बराल

Share:

पोखरा। पुम्दीकोटको बृहत विकास गर्ने उद्धेश्यले गठन भएको पुम्दीकोट कोट विकास समितिको अध्यक्षमा पुनः चन्द्रकान्त बराल चयन भएका छन् ।

शनिबार सम्पन्न भेलाले आउँदो दुई बर्षको लागि बरालको अध्यक्षमा सर्वसम्मत रुपमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हिमलाल बराल, सचिवमा नरहरी बराल, कोषाध्यक्षमा कमला बराल, सदस्यहरुमा प्रकाश बराल, डिल्लाराम बराल, बिष्णु प्रसाद बराल, लक्ष्मि बराल, दण्डपानी बराल, गोविन्द प्रसाद बराल, टेकनाथ बराल (राजु) र चण्डीका प्रसाद बराल रहेका छन्।

कार्यक्रममको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पुम्दीकोटमा विशाल महादेवको मुर्ति स्थापना हुनु धार्मिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको बताए ।

पोखरा-२२ स्थित पुम्दीकोटमा निमार्ण हुँदै गरेको विशाल महादेवको मुर्ति सहितको भौतिक संरचना निमार्णले पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने उनले बताएका छन्।

मेयर जिसीले धार्मिक सहित प्राकृतिक र सौन्दर्यका दृष्टिले अत्यन्त महत्वपुर्ण स्थल भएकाले पर्यटनका हिसाबले पुम्दीकोट गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्य रहेको उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्
Share: