आठौं राष्ट्रिय महिला हक्कीमा गण्डकी प्रदेशको सहज जित

Share:

पोखरा । आठौं राष्ट्रिय महिला हक्की खेलमा गण्डकी प्रदेशले जित हात पारेको छ । आइतबार बिहान गण्डकी प्रदेशले प्रदेश नं. १ लाई ४–० गोलले पराजित गरेको हो ।

गण्डकी प्रदेशले खेलको शुरुवातदेखि नै दबाब दिएको थियो । गण्डकीले खेलको पहिलो क्वाटरमा गोल गर्न सकेको थिएन । दोस्रो क्वाटरको खेल शुरु हुँदा गण्डकी प्रदेशकी मिना परियारले १७ मिनेटमा गोल गरेर आफ्नो टिमको खाता खोलेकी थिइन् ।

गण्डकी प्रदेशका लागि खेलको तेस्रो क्वाटरमा देवकी विकले ४३ मिनेटमा दोस्रो गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारिन् । तेस्रो क्वाटरमै कमला राणाले ४० र ४५ मिनेटमा २ गोल गर्दै टिमलाई सहज जित दिलाइन् ।

निर्धारित समयमा गण्डकी प्रदेशले ६ पेनाल्टी कार्नर पाएको थियो भने प्रदेश नं. १ ले १ पटकमात्र सो अवसर प्राप्त गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: