नयाँ बर्षमा विवेकशील साझाको चियापान, राजनीतिज्ञलाई योग आवश्यक

Share:

पोखरा, १ वैशाख । विवेकशील साझा पार्टी गण्डकीले नयाँ बर्षको शुभकामना आदान प्रदान गरेको छ। बिक्रम सम्बत् २०७६ को अवसरमा पार्टीको गण्डकी प्रदेश शाखाले शुभकामना साटासाट गरेको हो।

चियापानसहित भएको शुभकामना आदानप्रदान कार्यक्रममा योग प्रशिक्षक एवं विवेकशील साझा पार्टीका सदस्य प्रदीपकुमार श्रेष्ठले योगको बिषयमा प्रशिक्षण दिएका थिए। उनले सहभागी विवेकशील साझाका अभियन्ताहरुलाई योग अभ्यास गर्न समेत सुझाए।

योगा दौडधुप र अस्तव्यस्त जीवन भएका राजनीतिज्ञहरुलाई झन् बढि आवश्यक छ।’ उनले भने – ‘त्यसैले योगामार्फत आफूलाई तन्दुरुस्त बनाउँदै राजनीतिक जीवनलाई अझै फलदायी बनाउनुहोस्।’ पार्टीले सातापिच्छे गर्ने विशेष कार्यक्रम अन्तरगत नयाँबर्षमा यो विशेष कार्यक्रम गरेको जनाएको छ।

पार्टीका अगुवा तथा अभियन्ताहरुलाई लक्षित गरि विभिन्न प्रशिक्षण कार्यक्रमहरुलाई निरन्तरता दिईने अभियान विभागका संयोजक दीपक पौडेलले जानकारी दिए। कार्यक्रममा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य सुशीला केसी अधिकारी लगायत पार्टी सदस्य तथा शुभचिन्तकहरूले सहभागिता जनाएका थिए।

कमेन्ट गर्नुहोस्
Share: