बसबाट खसेर बालकको मृत्यु

538
0
Share:

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर मंगलबार एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय युसुफ मियाँका १० वर्षीय छोरा नुर सलाम रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

सिरहाबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख ५९६६ नम्बरको यात्रुवाहक बसबाट भण्टाबारीमा झर्ने क्रममा खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालक सप्तरीको भारदहबाट पानी बेचेर भण्टाबारीतर्फ आउँदै गरेकामा भण्टाबारीमा झर्ने क्रममा बसबाट खसेका हुन् । सो बस र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा छन् ।

मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: