तनहुँमा गिठ्ठा भ्याकुर खाँदा १० जना बिरामी

Share:

तनहुँ । गिठ्ठा भ्याकुर खाँदा तनहुँको व्यास नगरपालिका–१ गल्बुवेंसीमा १० जना बिरामी परेका छन्। व्यास–७ दुलेपानीको वनबाट ल्याइएको गिठ्ठा भ्याकुर खाँदा उनीहरु बिरामी परेका हुन् ।

गिठ्ठा भ्याकुर खाएपछि बान्ता हुने, रिँगटा लाग्ने र वाकवाक हुने भएपछि उनीहरुलाई स्थानीयवासीले अस्पताल लागेका थिए ।

गल्बुवेंशीका फरकफरक घरका १० जना एकसाथ बसेर गिठ्ठा भ्याकुर खाएका थिए। स्थानीय चक्रबहादुर अधिकारीका अनुसार गिठ्ठा भनेर जंगलमा हुने सर्पको मकै भनिने बाको ल्याएकाले बिरामी भएको हुनसक्ने अनुमान गरिएको छ ।

उनीहरुको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

बिरामीलाई समयमै अस्पताल र्पुयाइएकाले उनीहरुको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक सिलवालले बताए।

कमेन्ट गर्नुहोस्
Share: